काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने « Khabarhub

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु पसल वा पशु बधशाला सञ्चालन गर्न आगामी २०८३ मंसिर १ गतेभित्र अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । 

नेपाल सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु बधशाला र मासु जाँच ऐन, २०५५’ लागू हुने घोषणा गरेबमोजिम महानगरले यो कदम चालेको हो ।

सूचना अनुसार पशु बधशाला स्थापना गर्न वा मासु बिक्री वितरण गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले उक्त ऐनको दफा ५ तथा ‘पशु बधशाला र मासु जाँच नियमावली, २०५७’ को नियम ५ र ८ बमोजिम तोकिएका मापदण्डहरू पूरा गर्नुपर्नेछ । 

सोही मापदण्डका आधारमा व्यवसायीहरूले २०८३ मंसिर १ गतेभित्र औपचारिक रूपमा इजाजतपत्र प्राप्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको समयसीमाभित्र इजाजतपत्र नलिई वा नियम विपरीत मासु पसल सञ्चालन तथा मासु बिक्री वितरण गरेको पाइएमा कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ । 

ऐनको दफा १७ को उपदफा (२) बमोजिम अनुमतिबिना व्यवसाय सञ्चालन गरेमा १० हजारदेखि २० हजारसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ११ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु