बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ « Khabarhub

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ । 

सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए । 

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट भागेका थिए ।

तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् । 

जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधारगृहबाट भागेका ११५ बालबन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिए । 

उनले अझै ४७ जना फरार रहेको उल्लेख गर्दै उनीहरूको खोजीकार्य जारी रहेको बताए। शर्माका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधारगृहमा फर्किएका थिए । 

नौबस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेका १७६ बालबन्दीमध्ये ७८ जना भागेको बताए।

सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको थियो । उनले फरारमध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको छ ।

नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् । कारागार प्रमुख दलबहादुर बस्नेतले  १८ जना भारतीय नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन भएको जानकारी दिए । आन्दोलनका बेला सो कारागारमा ५८५ कैदी रहेका थिए । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १ : २० बजे

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका

पार्टी एकताका लागि नरम हुन तयार छु : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू

गौरी कुमारीलाई अर्को स्पष्टीकरण सोध्ने तयारीमा थिए प्रधानमन्त्री बालेन

काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार