सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी « Khabarhub

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका कारण सडक तथा सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् अधिकारीले बाढीका कारण सडक र पुलमा क्षति पुग्नुका साथै हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत प्रभावित भएको बताइन्।

विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को संकट देखिन थालेको उनको भनाइ थियो। उनले तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्र अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको बताइन्।

वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि लामो भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म बढेको अधिकारीले उल्लेख गरिन्। यसको प्रत्यक्ष असर आगामी चाडपर्वका समयमा बजार मूल्यमा पर्न सक्ने भन्दै उनले सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरिन्।

‘वैकल्पिक नाका कोरतर्फको भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म महँगो छ। यसले चाडपर्वकै समयमा उपभोग्य वस्तुको भाउ आकासिने निश्चित छ,’ उनले भनिन्।

सरकार समयमै गम्भीर नभए इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव हुन सक्ने उनको चेतावनी थियो।

‘सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव हुनेछ। कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मारमा गरिब नागरिक नै पर्नेछन्,’ अधिकारीले भनिन्।

उनले सम्बन्धित मन्त्रालयहरूबीच तत्काल समन्वय गरी अवरुद्ध सीमा नाका र सडक मार्गलाई युद्धस्तरमा सञ्चालनमा ल्याउन तथा आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरिन्।

आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सके मात्रै नागरिकलाई सम्भावित अभाव, कालोबजारी र महँगीको थप मारबाट जोगाउन सकिने उनको भनाइ थियो।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : ०२ बजे

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा