प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत « Khabarhub

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो ।

यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुनका लागि नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । देशमा विकराल बन्दै गएको अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत दिएको छ ।

सामाजिक सुरक्षा र लक्षित वर्गको पहिचानका क्रममा सरकारले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ ।

त्यस्तै, संवैधानिक र प्रशासनिक क्षेत्रमा रिक्त पदहरू पूरा गर्दै सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्ति गरेको छ ।

प्रशासनिक क्षेत्रतर्फ दुई सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरिएको छ। जसअन्तर्गत सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ । त्यस्तै सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ४ : ५४ बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,