नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ « Khabarhub

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्री साहले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल लगायतको उपस्थिति रहेको छ । निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई मन्त्री नियुक्त भएका हुन् ।

सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उनी पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिन्छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेशकुमार सिंह निकट रहेका भनिने उनी बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबी गरिन्छ ।

साहले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फागुन २१ को निर्वाचनमा हराएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ६ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु