खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू « Khabarhub

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई बिदाइ गरिएको छ ।  

बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरूले गरेको कडा परिश्रम, त्याग र आत्म–अनुशासनको उच्च प्रशंसा गर्दै देशको प्रतिनिधित्व गर्न पाउनु नै सबैभन्दा ठूलो गर्वको विषय भएको उल्लेख गरे । 

उनले पदक जित्नु दोस्रो प्राथमिकता रहेको तर बिना दबाब र निडर भएर खेल भावनाका साथ आफ्नो उत्कृष्ट प्रदर्शन दिन खेलाडीहरूलाई सुझाव दिए । 

इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने सबै खेलाडी तथा टोलीलाई विमानस्थलमा बिदाइ तथा स्वागत व्यवस्था मिलाइएको उनको भनाइ छ । उनले राज्यको लगानी र व्यवस्थापनमा भएका कमजोरीप्रति क्षमायाचना गर्दै आगामी दिनमा खेलाडीलाई अझ उच्च स्तरको सुविधा र सम्मान दिने प्रतिबद्धता जनाए । 

एसियाली खेलकुदमा विभिन्न २१ खेल विधामा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी सहभागी हुनेछन्  । त्यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिकसहित खेल टोलीमा जम्मा १८३ जना रहेका छन् । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ७ : ०७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु