बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ « Khabarhub

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताए । 

बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न आज नुवाकोट आएका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिए । 

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलरसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उनले जानकारी दिए । 

‘बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । यसमा हामी (चीन सरकार)अत्यन्त दुःखी छौँ’, उनले भने,’विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ ।’

चिनियाँ राजदूत माओमिङले बाढीबाट पुगेको क्षतिको सम्बन्धमा जिल्लास्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफल गरी जानकारी लिएका थिए । 

त्यसपश्चात् बाढीले क्षति पुर्‍याएको विदुर नगरपालिका-१ र १० का विभिन्न स्थानको अवलोकन गर्नाका साथै विदुर नगरपालिका-२ कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’को पनि अवलोकन गरे।

उनले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्दै बसोबास, खानपान, स्वास्थ्य अवस्था, अबको चाहनालगायत विषयमा चासो व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ७ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु