अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ « Khabarhub

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार आर्थिक रूपमा कमजोर व्यक्तिलाई केही हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनीहरूको नाममा बैंक खाता खोल्न लगाउने, विभिन्न सेवा प्रदायक कम्पनीका सिमकार्ड लिन लगाउने र त्यसपछि मोबाइल बैंकिङलगायतका माध्यमबाट हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खाता खोलिदिएबापत रु आठ हजारदेखि रु १० हजारसम्म दिने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । खातावालाले आफ्नो खातामार्फत भइरहेको कारोबारबारे जानकारी नपाउने र कारोबारको नियन्त्रण अन्य व्यक्तिले लिने गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको समेत सङ्लग्नता हुनसक्ने भएकाले खोजी तथा निगरानी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए । आफ्नो नामको बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा गैरकानुनी कारोबार भए खातावाला समेत अनुसन्धानको दायरामा पर्न सक्ने भएकाले प्रलोभनमा परी बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङको विवरण अरूलाई उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ९ : ४२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल