क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ « Khabarhub

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन् । श्रेष्ठ काठमाडौं महानगरपालिका–१६ का बासिन्दा हुन् ।

प्रहरीका अनुसार डंगोलले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख २७ हजार रुपैयाँ र श्रेष्ठले अस्ट्रेलिया पठाइदिने भन्दै अर्का पीडितबाट २० लाख ७० हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले डंगोललाई बुधबार काठमाडौं महानगरपालिका–१२ बाट र श्रेष्ठलाई शुक्रबार तारकेश्वर नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका डंगोललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको छ भने श्रेष्ठलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, वैदेशिक रोजगारसम्बन्धी मुद्दामा फरार रहेका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–७, बसुन्धारामा बस्दै आएका ३३ वर्षीय जीवन रावल रहेका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका रावललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बिहीबार बसुन्धाराबाट पक्राउ गरेको हो ।

रावललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ८ : ३४ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय