कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित « Khabarhub

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि विशेष महाधिवेशन अन्तर्गत आजका कार्यक्रम स्थगित गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले एक सूचनामार्फत जानकारी गराएका छन् ।

विशेष महाधिवेशन अन्तर्गत आज (शनिबार) भृकुटीमण्डपमा र्‍यालीसहितका कार्यक्रम तय गरिएको थियो ।

पुस २७ गते आइतबारका कार्यक्रमहरू भने यथावत रहने जनाइएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको कार्यक्रम रहेको छ ।

आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक मूर्धन्य व्यक्तित्व कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, वरिष्ठ पत्रकार दाहालको निधनले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ३५ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार