ट्रम्पमाथि खामेनीको चेतावनी : तानाशाह र घमण्डी शासकको एकदिन अन्त्य हुनेछ « Khabarhub

ट्रम्पमाथि खामेनीको चेतावनी : तानाशाह र घमण्डी शासकको एकदिन अन्त्य हुनेछ


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वका तानाशाह र घमण्डी शासकहरूसँग तुलना गर्दै कडा चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै उनले ट्रम्पमाथि कडा प्रहार गरेका हुन्।

खामेनीले भनेका छन्– ‘पूरै दुनियाँबारे घमण्डका साथ निर्णय गर्ने अमेरिकी राष्ट्रपतिले इतिहास सम्झिनुपर्छ। फिरौन, निमरूद, मोहम्मद रेजा पहलवीजस्ता तानाशाहहरू आफ्नो घमण्ड चरममा पुगेकै बेला पतन भए। ट्रम्पको पनि अन्त्य त्यही हुनेछ।’

उनले इरान अहिले क्रान्तिअघि भन्दा धेरै बलियो रहेको दाबी गर्दै अमेरिका अझै पनि इरानलाई बुझ्न असफल भएको बताएका छन्।

‘आज इरान सैन्य र आध्यात्मिक रूपमा विगतको तुलनामा धेरै सशक्त छ। हाम्रो शक्ति र क्षमतालाई पुरानो इरानसँग तुलना गर्न सकिँदैन’, खामेनीले लेखेका छन्।

लाखौँ सम्मानित नागरिकको बलिदानबाट बनेको इरान कुनै पनि ‘विध्वंस मच्चाउने शक्ति’ सामु नझुक्ने अडान पनि उनले लिएका छन् ।

उनले हालैको १२ दिने युद्धको प्रसंग उठाउँदै एक हजारभन्दा बढी इरानी नागरिक मारिएको र त्यसको आदेश ट्रम्प स्वयंले दिएको दाबी गरेका छन् ।

‘अमेरिकी राष्ट्रपतिले आफैँ आदेश दिएको स्वीकार गरेका छन् । यसको अर्थ इरानीहरूको रगत उनको हातमा छ । तर अहिले उनी इरानी जनताको पक्षमा भएको नाटक गरिरहेका छन्’, उनले टिप्पणी गरेका छन्।

खामेनीले भेनेजुएलाको घटनालाई उदाहरण दिँदै ट्रम्पमाथि आक्रमण गरेका छन् । उनले लेखेका छन्, ‘ल्याटिन अमेरिकाको एक देशलाई कसरी घेराबन्दी गरियो, सबैले देखिरहेका छन्। उनीहरू खुलेआम भन्छन्, यो तेलका लागि थियो। यसमा लाजसमेत मान्दैनन्।’

खामेनीको यो टिप्पणी अमेरिका–इरानबीच बढ्दो तनावका बीच आएको हो । जसले अन्तर्राष्ट्रिय राजनीतिमा थप चासो र बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १२ : २२ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा