बत्ती जान थालेपछि हितेन्द्रदेव आफैँ फिल्डमा « Khabarhub

बत्ती जान थालेपछि हितेन्द्रदेव आफैँ फिल्डमा


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय पाटन, स्युचाटार, बालजुलगायतका क्षेत्रमा बेलुकातिर बत्ती जानेआउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राविधिक समस्या समाधानको प्रयासमा आफैँ फिल्डमा निस्किएका छन् ।

यस्तो गुनासो आउन थालेपछि उनले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रीडका समेत माथिल्लो तहका कर्मचारीलाई सँगै राखेर छलफल गरेका थिए । छलफलमा उनले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिएका थिए ।

त्यसैगरी उनी शुक्रबार पनि करीब १० बजेतिर आकस्मिक रुपमा निरीक्षणका लागि नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा पूर्वलगनखेल वितरण केन्द्र र जावलाखेल केन्द्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

‘पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार र बालाजुलगायतका क्षेत्रमा बत्ती जान थालेको भन्दै ग्राहकहरुबाट गुनासो आउन थालेपछि समस्याको जड खोतल्ने र समाधान गर्ने प्रयासका लागि मैले बिहीबार राती अबेरसम्म भार प्रेषण केन्द्र र ग्रीडका माथिल्लो तहका कर्मचारीसँग बसेर छलफल गरी समस्याको जरो खोजेर समाधान गर्ने गरी छलफल गरेको छु,’ शाक्ले भने, ‘शुक्रबार बेलुका पनि लगनखेल र पाटनका केन्द्रहरुमा पुगेर त्यहाँको अवस्था बुझ्ने, ग्राहकको कति गुनासो आएको छ, त्यो गुनासो समाधान भएको छ कि छैन सबै कुराहरुलाई मिहीन ढंगले अनुगमन गरेर फर्किएको छु । त्यहाँ आकस्मिक अनुगमनमा पुग्दा सन्तोषजनक अवस्था देखियो ।’

उनले प्राधिकरणको ध्यान विजुली दिने मात्रै होइन गुणस्तरीय विजुली दिनेमा रहेको भन्दै बेला खबत आउने सामान्य प्राविधिक समस्यालाई हेरेर नआत्तिन आग्रह गर्दै प्राविधिक समस्या देखिए तत्काल समाधानका लागि प्राधिकरण अघि बढ्ने पनि बचन दिए । प्राधिकरणले पनि जाडो बढेसँगै हिटर, एसी लगायतका विद्युतीय उपकरण चलाउने क्रम बढेसँगै विद्युतको माग पनि बढ्न जाने हुँदा कहिलेकाँही सामान्य प्राविधिक समस्या देखिन सक्ने भन्दै त्यसलाई पनि समाधान गरेर अघि बढ्ने जानकारी दिएको छ । प्राधिकरणले लोडसेडिङ हुन लाग्यो कि भन्ने आशंका नलिन पनि सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : ५३ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ