कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं   « Khabarhub

कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं  


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको वैधानिक औचित्य नरहेको निष्कर्ष निकाल्दै पार्टीलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

बुधबार जारी प्रेस विज्ञप्तिमा उनीहरूले भदौ २३ र २४ गतेपछिको राजनीतिक घटनाक्रमले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि गठित अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा कांग्रेसले थप जिम्मेवारीका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।

विज्ञप्तिमा महाधिवेशन प्रतिनिधिहरूबीच विशेष महाधिवेशनको विषयमा फरक–फरक धारणा रहेको उल्लेख गर्दै नियमित महाधिवेशन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेशनको माग गरिएको स्मरण गराइएको छ। 

पार्टीको केन्द्रीय कार्यसमितिले २०६२ मंसिर १५ गते तय गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न हुन नसक्दा १५औँ नियमित महाधिवेशनको कार्यतालिका २०८३ वैशाख मसान्तसम्म सारिएको भन्दै नियमित महाधिवेशनकै प्रक्रिया निरन्तर रहेको दाबी गरिएको छ।

केन्द्रीय तहको मात्र अधिवेशन हुने विशेष महाधिवेशन विधानसम्मत नभएको उल्लेख गर्दै विज्ञप्तिमा पार्टी विधानअनुसार महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको स्पष्ट पारिएको छ। त्यसैले अन्य भेला र समारोहमा अलमलिनु भन्दा पार्टी एकताबद्ध भएर मुलुकको राजनीतिक निकास र निर्वाचनमा सक्रिय हुनुपर्नेमा जोड दिइएको छ।

साथै विभाजन रोक्न केन्द्रीय नेतृत्वले तुरुन्त पहल गरी समस्याको समाधान निकाल्नुपर्ने माग पनि गरिएको छ।

प्रेस विज्ञप्तिमा मोरङ, झापा, खोटाङ, पाँचथर, इलाम, ओखलढुंगा, ताप्लेजुङ र संखुवासभालगायत जिल्लाका सभापतिहरूको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : १५ बजे

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आजैबाट

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक