कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं   « Khabarhub

कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं  


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको वैधानिक औचित्य नरहेको निष्कर्ष निकाल्दै पार्टीलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

बुधबार जारी प्रेस विज्ञप्तिमा उनीहरूले भदौ २३ र २४ गतेपछिको राजनीतिक घटनाक्रमले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि गठित अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा कांग्रेसले थप जिम्मेवारीका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।

विज्ञप्तिमा महाधिवेशन प्रतिनिधिहरूबीच विशेष महाधिवेशनको विषयमा फरक–फरक धारणा रहेको उल्लेख गर्दै नियमित महाधिवेशन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेशनको माग गरिएको स्मरण गराइएको छ। 

पार्टीको केन्द्रीय कार्यसमितिले २०६२ मंसिर १५ गते तय गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न हुन नसक्दा १५औँ नियमित महाधिवेशनको कार्यतालिका २०८३ वैशाख मसान्तसम्म सारिएको भन्दै नियमित महाधिवेशनकै प्रक्रिया निरन्तर रहेको दाबी गरिएको छ।

केन्द्रीय तहको मात्र अधिवेशन हुने विशेष महाधिवेशन विधानसम्मत नभएको उल्लेख गर्दै विज्ञप्तिमा पार्टी विधानअनुसार महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको स्पष्ट पारिएको छ। त्यसैले अन्य भेला र समारोहमा अलमलिनु भन्दा पार्टी एकताबद्ध भएर मुलुकको राजनीतिक निकास र निर्वाचनमा सक्रिय हुनुपर्नेमा जोड दिइएको छ।

साथै विभाजन रोक्न केन्द्रीय नेतृत्वले तुरुन्त पहल गरी समस्याको समाधान निकाल्नुपर्ने माग पनि गरिएको छ।

प्रेस विज्ञप्तिमा मोरङ, झापा, खोटाङ, पाँचथर, इलाम, ओखलढुंगा, ताप्लेजुङ र संखुवासभालगायत जिल्लाका सभापतिहरूको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : १५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष