जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर « Khabarhub

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन् । 

दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको मागअनुसार वितरण गर्न सकिरहेको छैन ।

जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ । 

कार्यालयका प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार हाल जनकपुरधाममा ४० हजार ४०९ परिवारमध्ये पाँच हजारमा खानेपानीको धारासहित मिटर जडान गरिएको जानकारी दिए । उनका अनुसार तीमध्ये ४० प्रतिशत घरमा आशिंक रूपमा मात्र पानी आपूर्ति हुने गरेको छ । पछिल्लो समय यहाँ परिवारको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ । 

वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट संकलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण भइरहेको प्रमुख साहले जानकारी दिए । करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्कने, जीर्ण संरचनालगायत समस्याले नियमित पानी वितरणमा चुनौती थपिएको उनको भनाइ छ । 

सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति पुर्‍याउन समस्या भएको कार्यालयका प्रमुख साहले बताए। उनका अनुसार जीर्ण पाइपका कारण नियमित रूपमा ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ ।

गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीबाट वडा नं ८ स्थित होटल सियाशरणसम्मको सडकको दायाँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याएको थियो । 

सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण तथा धारा जडानको काम भइरहेको कार्यालय प्रमुख साहले बताए। 

यसैबीच, पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन् । यहाँका अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर खानेपानीसहित दैनिक प्रयोगका कार्य गरिरहेका छन् । 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ३३ बजे

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आजैबाट

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक