कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै « Khabarhub

कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै गएको छ । कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा करिब ३०० हेक्टरमा तोरीखेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । 

 ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग गरिरहेकाले पनि खेती विस्तारमा टेवा पुगेको बताए। 

उनले भने, ‘यस वर्ष मात्रै १९३ हेक्टरमा तोरीखेती विस्तार भएको छ  । ज्ञान केन्द्रबाट यो खेती गर्ने किसानलाई बीउ, सिँचाइ सुविधा र प्राविधिक सहयोग भइरहेको छ ।’

ज्ञान केन्द्रले बेलौरी नगरपालिकामा तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई अनुदानका लागि ४० लाख बजेट विनियोजन गरिएको छ। अनुदान कार्यक्रमले मात्रै १५० हेक्टर क्षेत्रमा खेती विस्तार भएको जनाइएको छ । 

सूचना अधिकारी साउदले ज्ञान केन्द्रबाट किसान, समूह र सहकारीलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग हुँदै आएको बताए। 

यहाँ मोरङ, प्रीति, उन्नति विकास जातको तोरीखेती हुने गरेको छ । जिल्लामा छ हजार २५० हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको र उत्पादकत्व एक मेट्रिक टन प्रतिहेक्टर रहेको ज्ञान केन्द्रले जनाएको छ ।  
 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ३८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष