कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै « Khabarhub

कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै गएको छ । कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा करिब ३०० हेक्टरमा तोरीखेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । 

 ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग गरिरहेकाले पनि खेती विस्तारमा टेवा पुगेको बताए। 

उनले भने, ‘यस वर्ष मात्रै १९३ हेक्टरमा तोरीखेती विस्तार भएको छ  । ज्ञान केन्द्रबाट यो खेती गर्ने किसानलाई बीउ, सिँचाइ सुविधा र प्राविधिक सहयोग भइरहेको छ ।’

ज्ञान केन्द्रले बेलौरी नगरपालिकामा तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई अनुदानका लागि ४० लाख बजेट विनियोजन गरिएको छ। अनुदान कार्यक्रमले मात्रै १५० हेक्टर क्षेत्रमा खेती विस्तार भएको जनाइएको छ । 

सूचना अधिकारी साउदले ज्ञान केन्द्रबाट किसान, समूह र सहकारीलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग हुँदै आएको बताए। 

यहाँ मोरङ, प्रीति, उन्नति विकास जातको तोरीखेती हुने गरेको छ । जिल्लामा छ हजार २५० हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको र उत्पादकत्व एक मेट्रिक टन प्रतिहेक्टर रहेको ज्ञान केन्द्रले जनाएको छ ।  
 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ३८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर