निर्णायकत्व दलहरूकै हातमा ल्याउन नयाँ समझदारी आवश्यक : राजेन्द्र लिङ्देन « Khabarhub

निर्णायकत्व दलहरूकै हातमा ल्याउन नयाँ समझदारी आवश्यक : राजेन्द्र लिङ्देन


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपा टोखा नगर अधिवेशन उद्‌घाटन गर्दै अध्यक्ष लिङ्देनले नेपालमा मन्त्री बनाउनेदेखि चुनावमा जित्ने दल र गठबन्धनसमेतको योजना विदेशीहरूले बनाउन थालेको भन्दै नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका हुन् ।

भाद्र २३ र २४ गतेको घटनाले नेपालको निर्णायकत्व मुलुकको राजनीतिक दलको हातमा नरहेको प्रमाणित भएको उनको भनाइ छ ।

उनले बाह्य शक्तिको अस्वस्थ प्रतिस्पर्धाले नेपाल गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको र यसबाट देशलाई नजोगाए नेपालको अस्तित्वमा समेत खतरा पैदा हुने संकेतहरू देखिन थालेको धारणा राखे । अध्यक्ष लिङ्देनले चुनाव अगाडि नै राजा, राजनीतिक दल र जेन-जीहरूका बीचमा अथवा नयाँ पुस्ताका बीचमा नभए युवाहरूका बीचमा एउटा नयाँ समझदारी कायम हुनुपर्नेमा जोड दिए ।

कुनै पनि शक्ति पाखा नपर्ने, कसैले जित्ने–हार्ने नभइ देशले जित्ने नयाँ र मौलिक व्यवस्था निर्माण गरेर मात्रै चुनावमा जानुपर्ने उनको भनाइ छ । 

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनमा सबभन्दा उर्वर समय आएको भन्दै उनले परिवर्तित ढङ्गले नै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले समान बिचार बोकेका अन्य समूहहरुबीच एकताका लागि छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ४४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष