निर्णायकत्व दलहरूकै हातमा ल्याउन नयाँ समझदारी आवश्यक : राजेन्द्र लिङ्देन « Khabarhub

निर्णायकत्व दलहरूकै हातमा ल्याउन नयाँ समझदारी आवश्यक : राजेन्द्र लिङ्देन


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपा टोखा नगर अधिवेशन उद्‌घाटन गर्दै अध्यक्ष लिङ्देनले नेपालमा मन्त्री बनाउनेदेखि चुनावमा जित्ने दल र गठबन्धनसमेतको योजना विदेशीहरूले बनाउन थालेको भन्दै नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका हुन् ।

भाद्र २३ र २४ गतेको घटनाले नेपालको निर्णायकत्व मुलुकको राजनीतिक दलको हातमा नरहेको प्रमाणित भएको उनको भनाइ छ ।

उनले बाह्य शक्तिको अस्वस्थ प्रतिस्पर्धाले नेपाल गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको र यसबाट देशलाई नजोगाए नेपालको अस्तित्वमा समेत खतरा पैदा हुने संकेतहरू देखिन थालेको धारणा राखे । अध्यक्ष लिङ्देनले चुनाव अगाडि नै राजा, राजनीतिक दल र जेन-जीहरूका बीचमा अथवा नयाँ पुस्ताका बीचमा नभए युवाहरूका बीचमा एउटा नयाँ समझदारी कायम हुनुपर्नेमा जोड दिए ।

कुनै पनि शक्ति पाखा नपर्ने, कसैले जित्ने–हार्ने नभइ देशले जित्ने नयाँ र मौलिक व्यवस्था निर्माण गरेर मात्रै चुनावमा जानुपर्ने उनको भनाइ छ । 

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनमा सबभन्दा उर्वर समय आएको भन्दै उनले परिवर्तित ढङ्गले नै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले समान बिचार बोकेका अन्य समूहहरुबीच एकताका लागि छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर