रास्वपाले भन्यो : पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो « Khabarhub

रास्वपाले भन्यो : पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ ।

उनेपासँगको एकता भङ्ग भएपछि आज बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए ।

घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँड्फाँड गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भङ्ग भएकाबारे सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए ।

पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ ।

यसअघि दुई दलबीच भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ५६ बजे

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आजैबाट

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक