जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे… « Khabarhub

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

उज्यालोले समानुपातिकमा प्रलोपा या आजपालाई सघाउने



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले प्रभु साहको आम जनता पार्टी या जनार्दन शर्मा-डा. बाबुराम भट्टराईको प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्यका लागि छलफल गरिरहेको छ ।

नेताहरूका अनुसार प्रत्यक्षमा उज्यालो नेपाल पार्टी आफैँ लड्ने तर समानुपातिकमा नेताहरूलाई कुनै पार्टीको सूचीमा पठाएर सहयोग गर्ने निर्णयमा पुगिएको हो।

उज्यालोले आगामी फागुन २१ गते हुने निर्वाचनमा चिम चुनाव चिह्न लिएर आफैँ प्रत्यक्षमा निर्वाचन लड्ने छ। तर समानुपातिकमा आफ्ना नेताहरू कुनै पार्टीमा व्यवस्थापन गरेर जाने निर्णय बिहान बौद्धमा बसेको केन्द्रीय कमिटी बैठकले गरेको छ।

‘हामीसँग समय कम छ, प्रत्यक्षमा हामी उज्यालो नेपाल आफैँ जान्छ, चिम चुनाव चिह्नमार्फत लड्छ। तर समानुपातिकमा समय सकिएकाले कसैकमा हाम्रा नेताहरु समावेश गरेर उहाँहरुलाई भोट माग्छौ,’ उज्यालोका एक नेताले खबरहबलाई भने, ‘निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सच्याउन समय दिएको छ, त्यही बेलामा नेताहरूको नाम फेरबदल बढ्छौं।’

प्रभुको आजपा र प्रलोपासँग हुनसक्छ सहकार्य
मधेसमा राम्रो पकड बनाउँदै गरेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग उज्यालोका नेताहरुले छलफल गरिरहेका छन् । स्रोतका अनुसार आजपा र प्रलोपासँग छलफलका लागि कुलमानले नेताहरू खटाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेर शनिबारबाटै उज्यालोको अध्यक्ष बनेका कुलमानले केही दिनदेखि जनार्दन शर्मा र प्रभुको टिमसँग संवाद गरेका छन् ।

‘हामीले पूर्वमा हर्क साम्पाङदखि सुदूरपश्चिमका रेशम चौधरीसँग पनि संवाद गरिरहेका छौं । जनार्दन र बाबुरामजीहरूसँग हाम्रो सैद्धान्तिक विचार मिलेको छ । उहाँहरूसँग पनि सहकार्य हुन सक्छ । आजपासँग पनि सहकार्य सम्भावना उत्तिकै छ,’ उज्यालोका एक नेताले भने, ‘प्रत्यक्षमा हामी आफैं सहभागी हुने भएपछि उहाँहरुलाई समानुपातिकमा सहयोग गरेर जाने हो। यसकारण संवाद जारी गरेका छौं ।’

स्रोतले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ सिट जित्न सक्ने पार्टीसँग मात्रै उज्यालोले सहकार्य गर्नेछ ।यसका लागि प्रभु साहको आजपा र प्रलोपासँग सहकार्यनजिक रहेको नेताहरू बताउँछन्।

‘प्रभुजीहरूले मधेशमा राम्रो पकड बनाउनुभएको छ, उहाँहरूसँग अझै बढी कुरा भइरहेको छ । सम्भवत: हामी आइतबार वा सोमबारसम्म सहकार्यको निर्णय नै गरिसक्छौं, हामीसँग समय कम छ,’ उज्यालोका अर्का नेता भन्छन, ‘हामीलाई जनार्दनजीहरूले पनि भनिरहनु भएको छ। हामी तीनवटा समूह एक भएर अगाडि बढ्ने अवस्था छ।’

कुलमानले मागे माफी
उज्यालो नेपाल पार्टीका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक शनिबार बौद्धमा बसेको थियो। बैठकमा कुलमानले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीसँग जेन्टल सहमति गरेको बताए । तर उनीहरूले सहमतिविपरीत गतिविधि गरेको भन्दै आफूले अपरिपक्क सहमति गरेकोमा उनलेे माफी मागेका थिए ।

कुलमानले हतार हतारमा सहमति गरेर पुरक सहमति गर्ने भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेको बताएका छन्। तर रास्वपाले सुरुवातदेखि नै गद्दारी गरेकाले एकता प्रक्रिया अगाडि नबढेको उनलेे बताएका छन । अब आफ्नो पार्टी छुट्टै हिसाबले अगाडि बढ्न तयार रहेको उनलेे आफ्नो धारणा सुनाए ।

केन्द्रीय सदस्यहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा सुरुवातदेखि नै पदबारे बार्गेनिङ भएकाले यस्तो सहकार्य हुनुभन्दा आफ्नो हिसाबले अगाडि बढ्न सुझाव दिएका थिए। बैठकमा कुलमानले रास्वपासँगको अपरिपक्क एकताले आफूलाई ठूलो हीनतावोध भएको बताउँदै नमस्कार नै गरेर नेताहरूसँग माफी मागे ।

‘म त ढाँटेर छलेर काम नगर्ने मान्छे जेन्टल सहमतिलाई होला त भन्ने ठानेँ । तर उहाँले सुरुवातदेखि नै हामीलाई झुलाउनुभयो,’ बैठकमा कुलमानले भनेका थिए,’पछिभन्दा सुरुमै जे हुनु नराम्रो भयो समानुपातिकमा हाम्रा साथीहरू नपठाएर गल्ती गरेछौँ, पैसा ५० हजार त तिरिसकेका थियौ, त्यतिबेला दर्ता गरेको भए हामीलाई आज यो अवस्था आउने थिएन ।’

कुलमान पक्षका नेताले उज्यालो नेपालको समानुपातिक सूची पुस १४ गते नै बुझाएका थिए । ५० हजार रकम बुझाएको अवस्थामा बन्दसूचीको नाम फिर्ता लिइएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ५९ बजे

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा