सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो « Khabarhub

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ । अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १४ दशमलव ०४ प्रतिशतले बजेटको आकार घटाएको हो ।

जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा त्यसलाई संशोधन गरि १६ अर्ब ८८ अर्ब ३२ करोड ६७ लाखमा झारिएको हो । संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

चालु वर्षको अन्त्यसम्ममा सरकारको स्रोततर्फबाट १५ खर्ब १५ अर्ब ३७ करोड १४ लाख रुपैयाँ, वैदेशिक अनुदानतर्फ ३० अर्ब ९९ करोड ९८ लाख रुपैयाँ र वैदेशिक ऋणतर्फको १ खर्ब ४१ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ । 

अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलन र त्यसपछि संक्रमणकाललाई संस्थापन साथै निर्वाचनमा केन्द्रीत हुनुपर्ने भएकाले पुँजीगततर्फ बढ्न नसकेको बताए । उनले निर्वाचनका लागि २० अर्ब भन्दा बढि रकम प्रबन्ध गरेको जानकारी दिए । निर्वाचनको स्रोत जुटाउन रोक्का गरिएका बजेटमध्ये केही रकम फुकुवा भइसकेको उनले बताए  ।

मन्त्री खनालले महत्वपूर्ण आयोजना कार्यान्वयनमा समस्या देखिएकाले पनि प्रयाप्त खर्च हुन नसकेकाले समस्याहरू समाधान भइरहेको बताए । आगामी दिनमा भुक्तानी दिन बाँकी रहनेगरि बजेट बनाउदा पनि हरेक वर्ष बजेट कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ । 

अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई ३८ अर्ब १८ करोड ७२ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ५२ अर्ब ४६  करोड ४ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३९.१४ प्रतिशत र स्थानीय तहमा ४७.६० प्रतिशत हस्तान्तरण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मूल्यवृद्धि नियन्त्रण गर्नका लागि नियमन गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको अर्थमन्त्री खनालले बताए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : ०४ बजे

राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं– थाइल्यान्डमा सुरू हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी

बङ्गलादेश निर्वाचन : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा

एजेन्सी– बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक

आर्थिक सुधारको नयाँ चरणमा नेकपाको जोड, संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको

नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता पत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड