दिल्लीको सन्देश : नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण « Khabarhub

दिल्लीको सन्देश : नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्कीले राजदूत श्रीवास्तवलाई सिंहदबारमा बोलाएर फागुन २१ गतेको निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले राजदूत श्रीवास्तवलाई मंगलबार सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा गर्न सवारी साधन लगायत सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन् ।

त्यस क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने बचन दिएका छन्। उनले मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको पनि बताएका छन् ।

राजदूत श्रीवास्तावले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उल्लेख गरेका प्रधानममन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतले नेपाल सरकारलाई कम्तीमा पनि ६५० वटा गाडी दिने क्रममा छ ।

निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू जलेको सिंहदरबार अगाडि पार्किङ गरिएको छ । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत् निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । त्यही अनुरूप भारत सरकारले गाडी उपलब्ध गराएको हो ।

यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ४ : ०४ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी