नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल « Khabarhub

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा कतारी प्रतिनिधिहरू र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग छलफल गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएका कतारी प्रतिनिधिमण्डलले मंगलबार कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा नेपालका लागि कतारका राजदूत मिसालबिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो । सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए ।

छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउँदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिए ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलिले कतारी निजी क्षेत्रको नेपालमा लगानीप्रति चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए । उनले लगानीको लागि स्पष्ट रोड्म्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राखे ।

यता, महासंघका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासंघ सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । यसैक्रममा उनले कतारी लगानी नेपाल भित्र्याउन सकिने ठोस सम्भावना रहेको धारणा राखे । ‘निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको छ,’ उनले भने ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : ३५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ