सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत « Khabarhub

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । 

हाम्रा समाचारदाताहरूका अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । 

नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । 

काठमाडौँ क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो । 

यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलसहित २२ जनाको जमानत जफत भएको छ । काठमाडौँ क्षेत्र नं ६ मा १७, क्षेत्र नं ७ मा २६, क्षेत्र नं ८ मा २१, क्षेत्र नंं ९ मा २२ र क्षेत्र नं १० मा २३ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीहरूले धरौटीबापत रु १० हजार निर्वाचन कार्यालयमा बुझाएका थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्नेले धरौटीबापत बुझाएको रकम जफत गरिन्छ ।

यसैगरी, कास्की–१ मा १४, कास्की–२ मा १४ र कास्की–३ मा १२ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयलाई उद्धृत गर्दै पोखराबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । 

दाङस्थित रासस प्रतिनिधिका अनुसार दाङमा ५१ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी  गेहेन्द्र कवँरका अनुसार दाङ क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी, एमालेका उम्मेदवार रेवतीरमण शर्मा, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

एमालेबाट दाङ १ मा उम्मेदवार बनेका रेवतीरमण शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जनाको जमानत जफत भएको छ । 

त्यसैगरी, क्षेत्र नं २ मा २० जनाको जमानत जफत भएको छ । 

यसैगरी, इलाममा १८ जनाको धरौटी जफत भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत क्षेत्र नं १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको हो ।

जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सीकेशरी प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणि साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवारको जमानत जफत भएको हो । यसैगरी, क्षेत्र नं २ मा १० जनाको जमानत जफत भएको छ 

यसैगरी, हाम्रा भोजपुर समाचारदाताले सम्प्रेषण गरेका समाचारअनुसार सात जना उम्मेदवारको जमानत जफत छ । बागलुङ  क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चासहित आठ  उम्मेदवारको जमानत जफत भएको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले समेत जमानत जोगाउन नकेका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।  

रूपन्देहीस्थित रासस प्रतिनिधिका अनुसार १४३ उम्मेदवारको जमानत जफत भएको छ भने ललितपुरबाट हाम्रा स्थानीय समाचारदाताले जनाएअनुसार ६३ जना उम्मेदवारको धरौटी जफत भएको छ । 

उक्त जिल्लामा राजनीतिक दलका ४० र २३ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको ललितपुरका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : ३२ बजे

इरान भन्छ– लामो युद्ध लड्न तयार छौँ, अमेरिकासँग वार्ताको सम्भावना छैन

तेहरान- इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब

जिपले च्यापेर चालकको मृत्यु

लमजुङ– जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार

थप पतनको बाटोतिर नेपालका कम्युनिस्ट, इतिहासको कुनामा सीमित हुने डर

काठमाडौं– ०४६ सालको आन्दोलपछि नेपाली राजनीतिमा निरन्तर बलियो उपस्थिति देखाएका

ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत

कमजोर विश्व अवस्थामा फुलेको सेयर बजार मंगलबार करेक्सन

काठमाडौं– जेन-जी आन्दोलनबाट कमजोर भएको नेपालको अर्थतन्त्रमा पछिल्ला दिनमा धेरै