मेलाले कृषि उपज बजारीकरण गर्न सहज « Khabarhub

मेलाले कृषि उपज बजारीकरण गर्न सहज


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ ।

नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।

नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । मेलाको नगरप्रमुख महेश खरेलले शुक्रबार उद्घाटन गरेका थिए ।

सो अवसरमा नगरप्रमुख खरेलले पाँचखाल नगर कृषि सहर भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गरे । उनले भने, ‘पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी अर्गानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अर्गानिकमा जोडबल गरिरहेका छौँ ।’

उनले लवग्रिन नेपालसँगको सहकार्यमा पाँचखालमा एक हजार २०० भन्दा बढी किसानलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) पद्धतिबाट तरकारीखेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रविधिमार्फत तरकारी अर्गानिकतर्फ गएको बताए ।

पाँचखालमा किसानकै अगुवाइमा साप्ताहिक कृषि हाटबजार सुरु गर्न आग्रह गरिरहेका छन् । ‘किसानको मागलाई सम्बोधन गर्न नगरपालिका तयार छ’, नगरप्रमुख खरेलले भने । लवग्रिन नेपालले विगत नौ वर्षदेखि किसानलाई आइपिएमसम्बन्धी तालिम दिँदै आएको छ । उसले तालिममार्फत स्वस्थ तथा सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र किसानको आम्दानी अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताए ।

कृषि मेलमा बाली शिविर सञ्चालन, रैथाने उत्पादनको प्रदर्शनी तथा बिक्री, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समूहसँग प्रत्यक्ष संवाद, आइपिएम पद्धतिद्धारा उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री एवं पाँचखालमा उत्पादित आलुलगायत अन्य उपजको परिकारलगायत प्रदर्शनी–बिक्रीमा राखिएको छ । (रासस)

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ७ : ०७ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता