लेक लागेर सगरमाथा आरोहीको निधन « Khabarhub

लेक लागेर सगरमाथा आरोहीको निधन


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी परेका थिए ।

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो । ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ५५ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी