त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह « Khabarhub

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिन्छन् । उमेरले ज्येष्ठ नागरिक भए पनि उनको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ । विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’ मा नपुगी आफ्नो दैनिकी सुरुआत नै नहुने गरेको बताउँछन् ।

“ब्याडमिन्टन एकप्रकारले लत जस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ”, चन्दले भने, “यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन् ।” उनले हरेक दिन बिहान ४ः०० बजेदेखि योग साधनामा बिताउने गरेको र त्यसपछि ब्याडमिन्टन खेल्न कबर्डहलमा आउने गरेको सुनाए । व्यायाम, योगसाधना र स्वस्थ्य खानपिन स्वस्थ जीवनका लागि महत्त्वपूर्ण भएकाले आफू पहिलेदेखि नै यसमा सचते रहेको चन्दको भनाइ छ ।

भन्सार अधिकृतबाट २०७० सालमा सेवानिवृत्त भएका उनको अधिकांश समय खेल र योगसाधनामा बित्ने गरेको छ । “जागिरमा हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जसम्म पनि ब्याडमिन्टन खेलेँ । नेपालगञ्ज र वीरगञ्जमा जिल्लास्तरीय खेलमा तेस्रो स्थान हासिल गरेको सर्टिफिकेट अहिले पनि सुरक्षित राखेको छु”, चन्दले भने ।

आँखामा केही समस्या भएकाले टाढाको कर्क देख्न समस्या भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने हिम्मत रहेको उनको भनाइ छ । “नियमित व्यायाम र खानपिनमा ध्यान दिइरहेको छु । शरीरले साथ दिएसम्म ब्याडमिन्टन खेलिरहने सोच छ”, चन्दले भने । उनले सुदूरपश्चिममा आफ्नो उमेर समूहको ब्याडमिन्टन खेलाडी पाउन गाह्रो रहेको दाबी गरे ।

भीमदत्त नगरपालिका–६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकौँदेखि यहाँ ब्याडमिन्टन खेलमा नियमित सहभागी भइरहेका छन् । पछिल्लो समय युवा पुस्तामा यस खेलप्रति केही आकर्षण बढे पनि पाको पुस्ताका खेलाडी भने घट्दै गएको उनले बताए ।

विसं २०६४ यता कबर्डहलमा नियमित खेल्ने गरेको बताउँदै भाटले भेट्रानतर्फ राष्ट्रियस्तरमा उपाधि जितिसकेको जानकारी दिए । “अब हाम्रो उमेरले राष्ट्रका लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि खेल्ने हो । पछिल्ला दिनमा ब्याडमिन्टन खेल गाउँ/गाउँमा विस्तार हुँदै गएको देख्दा खुसी लाग्छ ।” उनले भने ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : २७ बजे

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली)- हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजदेखि

पर्यटकीय क्षेत्र नगरकोटमा लुटपाट, वृद्धाको हत्या प्रयास

काभ्रे– पर्यटकीय क्षेत्र नगरकोटमा एक महिलामाथि लुटपाटसँगै हत्या प्रयास भएको

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ ।

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन- चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको