प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले « Khabarhub

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म एमालेले अवरोध कायम राख्ने बताएका छन् । उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट नहटेसम्म र सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमाथि गम्भीर प्रश्न उठाउँदै पार्टी सभापति रवि लामिछानेले पनि आफ्ना सदस्यलाई रुलिङ गर्न नसकेको आरोप बादलले लगाएका छन् । ‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहट्दासम्म संसदको कारबाही अगाडि बढ्न सक्दैन देश पहिला हो देशको स्वाधीनता प्रमुख कुरा हो । हामी फरक ढंगले आफ्नो विरोध कायम राख्नेछौँ । परराष्ट्रमन्त्रीले दिएको वक्तव्यमा हामी सहमत हुने अवस्थामा छैनौँ,’ बादलले अगाडि भने, ‘देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यससँग सम्बन्धित विषय संशोधन नगरी अन्य एजेन्डामा जान सकिँदैन। संकटको समाधान सम्भव छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकाले अन्तर्वार्ताहरूमा दिएको अभिव्यक्तिलाई राख्दै बादलले नेपाल कतै पाकिस्तानी मोडलको मुलुकतिर जान सक्ने संकेत त छैन भन्ने शङ्का गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ५ : ०० बजे

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा