प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी « Khabarhub

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले तीव्र विरोध र नाराबाजी गरेका छन् । बैठकमा आफ्नो पार्टीलाई विभेद गरिएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सदनभित्रै उठेर विरोधमा उत्रिएका हुन् । अध्यक्ष साम्पाङले संसदभित्र आफूहरूमाथि गम्भीर विभेद भएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध गरेपछि सभामुख अर्यालले बोल्नेहरूको सूचीमा नाम समावेश नभएका कारण आफूले नबोलाएको भन्दै सदनमा स्पष्टीकरण दिएका थिए । तर सभामुखको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले आफ्नो पार्टीमाथि अपमान र विभेद जारी रहेको दाबी गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरिरहेका छन् ।

सभामुख अर्यालले आफ्नो कुरा सुन्ने धैर्यता नराखेको भन्दै राईको व्यवहारप्रति आपत्ति समेत जनाए । संसद्‌मा तनाव बढेसँगै श्रम संस्कृति पार्टीका सांसदहरूले ‘निरङ्कुशतन्त्र बन्द गर’, ‘विभेद गर्न पाइँदैन’ र ‘बोल्ने अधिकार दे’ जस्ता नाराहरू लगाउँदै प्रतिनिधि सभाको बैठकमा लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ५ : ३६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष