प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी « Khabarhub

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले तीव्र विरोध र नाराबाजी गरेका छन् । बैठकमा आफ्नो पार्टीलाई विभेद गरिएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सदनभित्रै उठेर विरोधमा उत्रिएका हुन् । अध्यक्ष साम्पाङले संसदभित्र आफूहरूमाथि गम्भीर विभेद भएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध गरेपछि सभामुख अर्यालले बोल्नेहरूको सूचीमा नाम समावेश नभएका कारण आफूले नबोलाएको भन्दै सदनमा स्पष्टीकरण दिएका थिए । तर सभामुखको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले आफ्नो पार्टीमाथि अपमान र विभेद जारी रहेको दाबी गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरिरहेका छन् ।

सभामुख अर्यालले आफ्नो कुरा सुन्ने धैर्यता नराखेको भन्दै राईको व्यवहारप्रति आपत्ति समेत जनाए । संसद्‌मा तनाव बढेसँगै श्रम संस्कृति पार्टीका सांसदहरूले ‘निरङ्कुशतन्त्र बन्द गर’, ‘विभेद गर्न पाइँदैन’ र ‘बोल्ने अधिकार दे’ जस्ता नाराहरू लगाउँदै प्रतिनिधि सभाको बैठकमा लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : ३६ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा