संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो « Khabarhub

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना कुरा राखिरहेका छन् ।

बुधबार दिउँसो वेल घेराउ गरेर विरोध जनाएपछि उनलाई सभामुख डीपी अर्यालले बोल्ने समय दिएका थिए ।

सभामुखले बोल्ने समय दिएपछि श्रमसंस्कृति पार्टीका संसदीय दलका नेता हर्कले आफूलाई बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए

उनले संसद्को मर्यादा कायम राख्नुपर्ने समेत बताएका छन्।

‘संसद्को मर्यादालाई कायम राख्ने हो । थिति बसाल्ने हो। सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने भयो। यो आन्दोलन नै आन्दोलन र झै-झगडा र आगजनी भइरहने देश हो। आगजनीको ह्याङओभर हाम्रो सदनभित्र पनि छ’, उनले भने, ‘सानो स्वरमा भन्दा नसुन्ने गरी हाम्रोमा कानेगुजी धेरै छ। यो सदनलाई विधिबाट सञ्चालन गर्नुपर्छ।’

उनले पहिला संविधानको धारा र उपधारा अध्ययन गर्नु जरुरी रहेको बताएका छन्। उनले राष्ट्रविरोधी अभिव्यक्ति प्रधानमन्त्री वालेन्द्र शाहले सच्याउनुपर्ने पनि बताएका छन् ।

‘त्यस अनुसारका आचरण गर्नुपर्ने छ। प्रधानमन्त्रीज्यू आफू आउँदा पनि हुने, नआउँदा पनि हुने अवस्था सिर्जना गर्नु हुँदैन’, उनले भने, ‘प्रधानमन्त्रीले जथाभावी बोलिदिएका कारण हाम्रो सिमानामा नै गुमाउनुपर्छ भन्ने पिर छ । प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्छ भन्ने माग विपक्षी दलको छ।’

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : १५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको