पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा « Khabarhub

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका गरगहना चोरी भएको भन्दै झुटो उजुरी दिने पसल सञ्चालक र उनका कामदार पक्राउ परेका छन्।

जिल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक ४१ वर्षीय दिपक विक र सोही पसलका ४७ वर्षीय कामदार नवीन विकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले जेठ १७ गते बिहान १२ः१० बजे पसलको सटरको ताला तोडी सेफभित्र रहेको एक करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भन्दै उजुरी दिएका थिए।

घटनाको अनुसन्धानका क्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले उक्त चोरी वास्तविक नभई योजनाबद्ध रूपमा गरिएको नाटक भएको निष्कर्ष निकालेको छ।

अनुसन्धानका क्रममा सञ्चालक दिपक विकको घरबाट ५ तोला ४.१ लाल तौलका सुनका गरगहना तथा १४ केजी ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ७ : २५ बजे

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार अवस्थाबारे समितिमा छलफल

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल

विश्वकप फाइनलमा स्पेनविरुद्ध अर्जेन्टिनाको पक्षमा किन उभिए नेतान्याहू ?

तेलअभिभ- फुटबल कहिलेकाहीँ ९० मिनेटको खेलभन्दा धेरै ठूलो विषय बन्छ।

नेकपा संयोजक दाहाल स्वदेश फिर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा

प्रधानमन्त्री वालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि