आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६ जुलाई १० तारिख। असार कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : लामो दूरीको यात्रा तय हुनेछ। तपाईंले थालेको काम बन्नेछ। धार्मिक स्थलको यात्रा हुनेछ। दान दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्नेछ। पूर्वको यात्रामा संकट हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको आयोजना हुनेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले भने समस्या बढ्ने जोखिम छ।

कर्कट : मन प्रशन्न रहने छ। कला र गलाको प्रयोगबाट तपाईंको सम्मान बढ्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : हरेक क्षेत्रमा जिम्मेवारी बढ्ने छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षीविरुद्ध विजय प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । व्यापारमा अवरोध हुनेछ। मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। राजनीतिक क्षेमा विवाद र झागडा नगर्नु राम्रो हुनेछ। धैर्यता नै सफलता हो भन्ने बुझ्नु आवश्यक छ।

तुला : गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्दा स्वास्थ्यमा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको साथमा छोटो दूरीको यात्रा तय हुनेछ।

वृश्चिक : स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। सञ्चित धन खर्च हुनेछ। परिवारमा खर्च बढ्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारमा खुशी मिल्नेछ। नयाँ कामको सुरुवात हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ।

मकर : बोल्दा सोचेर बोल्नु उचित हुन्छ। आज नयाँ काम सुरु नगर्नु उपयुक्त हुनेछ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ । श्रमको भने मूल्य सहजै मिल्ने छ ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँग रमाइलाे गर्ने अवसर मिल्ने योग छ । नियमित काममा उत्साह मिल्ने योग छ ।

मीन : धनलक्ष्मी योग परेको छ। बोलीको प्रभावले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : ०० बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।