हात्ती पीडित बोटे परिवारलाई राहत « Khabarhub

हात्ती पीडित बोटे परिवारलाई राहत


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो । 
 
ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो । शनिबार राति  घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट समेत भएको थियो ।
 
चितवन राष्ट्रिय निकुञ्जले राहत रकम हस्तान्तरण गरेको छ । निकुञ्जले प्रतिव्यक्ति रु १० लाखका दरले रु २० लाख र किरिया खर्चबापत एक लाख हस्तान्तरण गरेको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा तत्काल राहत कोषबाट किरिया खर्चबापत  एक लाख र वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार रु २० लाख मृतकका श्रीमान् पुनु बोटेलाई हस्तान्तरण गरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पीडित परिवारलाई घर बनाउनका लागि आवश्यक काठ र ढुङ्गा, गिट्टी उपलब्ध गराइने छ ।
 
यस्तै पीडित परिवारलाई भरतपुर महानगरपालिकाले चार लाख, खाद्यान्न र कपडा सहयोग गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।
 
नेपाल बोटे समाजबाट रु ६० हजार, नेपाली कांग्रेस चितवनद्वारा रु ३० हजार, जिल्ला प्रशासन कार्यालयबाट रु १५ हजार, केरुङ्गा मध्यवर्ती सामुदायिक वनबाट रु ५० हजार, जिल्ला समन्वय समिति चितवनबाट रु २३ हजार सहयोग गरिएको भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । 

उनका अनुसार पूर्वमन्त्री विक्रम पाण्डेबाट खाद्यान्न र लत्ताकपडा, नेपाल रेडक्रस सोसाईटी उपशाखा जगतपुरबाट त्रिपाल, कम्मल र भाँडा, बेलहट्टा हरियाली युवा क्लबले अस्थायी आश्रयस्थल प्रदान गरेको छ ।
 
अन्य विभिन्न व्यक्ति र सङ्घ संस्थाले पनि सानो सानो सहयोग गरिरहेको वडाध्यक्ष दवाडीले जानकारी दिए ।
 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको