कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो « Khabarhub

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन् । पहिचान खुल्नेमा यसअघि भीरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन् ।

 उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए ।

सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उहाँका सहोदर भाइ (सहचालक) रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ता दुवै दाजु भाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य साहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यति बेला गहिरो शोकमा छन् । 

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा गत बिहीबार खसेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी अझै जारी राखेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको