ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो « Khabarhub

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया सूचना यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिका र इरानबीच पुनः सैन्य तनाव चुलिँदै गएको अवस्थामा सार्वजनिक भएको यो दाबीले ट्रम्पको सुरक्षालाई लिएर नयाँ चिन्ता थपिएको छ।

सिएनएनले विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाको लामो समयदेखि निगरानी गरिरहेको जनाएको छ। तर इजरायलले हाल उपलब्ध गराएको सूचना भने नयाँ र विशिष्ट षड्यन्त्रसँग सम्बन्धित रहेको दाबी गरिएको छ।

यस्तै, वाल स्ट्रिट जर्नल ले पनि अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ।

इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएको छ। त्यसयता अमेरिकी सुरक्षा निकायहरूले ट्रम्पको सुरक्षामा विशेष सतर्कता अपनाउँदै आएका छन्।

समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार पत्रकारहरूसँग गरेको टिप्पणीलाई उल्लेख गरेको थियो। नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा एयर फोर्स वनमा बोल्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गरेका थिए।

‘उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्। म उनीहरूको प्रत्येक सूचीमा छु,’ ट्रम्पले भनेका थिए।

यसैबीच, ट्रम्पले टर्कीबाट फर्किने क्रममा कतारले उपहारस्वरूप दिएको नयाँ विमान प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गरेका थिए। नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र अमेरिका–इरानबीच बढ्दो तनावका कारण पुरानै विमान प्रयोग गर्ने निर्णय गरिएको हो। न्युयोर्क टाइम्स का अनुसार यो निर्णय अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायका रूपमा गरिएको थियो।

पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहेनन्। तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासको आशङ्का उठिसकेको उल्लेख गर्दै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ११ : ५० बजे

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेख्नुभएको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै