नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र « Khabarhub

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक नागरिकको घटनाप्रति तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले माफी मागेकी थिइन् । गत मङ्सिरमा बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता लिन सङ्घर्ष गर्दागर्दै आफ्नो ज्यान आफैँ लिएकी थिइन् । 

उनको मृत्यु भएको एक महिना पछि ६१ वर्षीय बुवाको समेत निधन भएको थियो । सो घटनाबारे उल्लेख गर्दै प्रधानन्यायाधीश समेत रहेकी कार्कीले सामाजिक सञ्जालमार्फत माफी मागेकी थिइन् । त्यो बेला उनले लेखेकी थिइन्– ‘न्यायिक –प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीको रूपमा म माफी चाहन्छु ।’

तर, बिहीबार मुगुका गणेश नेपालीले राज्य संयन्त्रबाट दुःख पाएर ज्यान लिएको खुलिसक्दा पनि प्रधानमन्त्री वालेन्द्र शाहले यस घटनाबारे एक शब्द पनि सार्वजनिक गरेका छैनन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको हो।आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गहिरो जलन भएको थियो।  

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको