नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र « Khabarhub

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक नागरिकको घटनाप्रति तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले माफी मागेकी थिइन् । गत मङ्सिरमा बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता लिन सङ्घर्ष गर्दागर्दै आफ्नो ज्यान आफैँ लिएकी थिइन् । 

उनको मृत्यु भएको एक महिना पछि ६१ वर्षीय बुवाको समेत निधन भएको थियो । सो घटनाबारे उल्लेख गर्दै प्रधानन्यायाधीश समेत रहेकी कार्कीले सामाजिक सञ्जालमार्फत माफी मागेकी थिइन् । त्यो बेला उनले लेखेकी थिइन्– ‘न्यायिक –प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीको रूपमा म माफी चाहन्छु ।’

तर, बिहीबार मुगुका गणेश नेपालीले राज्य संयन्त्रबाट दुःख पाएर ज्यान लिएको खुलिसक्दा पनि प्रधानमन्त्री वालेन्द्र शाहले यस घटनाबारे एक शब्द पनि सार्वजनिक गरेका छैनन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको हो।आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गहिरो जलन भएको थियो।  

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : ५६ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी