कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन « Khabarhub

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा गर्दै गर्दा मुलुकभित्रका गरिब र निम्नवर्गका मान्छे भने थप निराश हुँदै गएका छन् । सोही निराशाका कारण केही मान्छेले आत्महत्या र आत्मदाहको नै बाटो रोजिसके ।

सरकारले सुकुम्बासीको स्क्रिनिङ र वैकल्पिक व्यवस्थापनको व्यवस्था नगरी सुकुम्बासीका घर भत्काइदिँदा ६१ वर्षका इन्द्रबहादुर राई बैशाख १८ गते बागमतीमा मृत अवस्थामा भेटिएका थिए ।

बुढेसकालमा नदी किनारमा बस्दै आएको झुपडी सरकारले भत्काउन लागेपछि ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ’ बर्बराउँदै घरबाट निस्किएका राई बागमतीमा मृत अवस्थामा भेटिएका थिए ।

त्यस्तै, बिहीबार मुगुबाट काठमाडौं आएर राइडिङ सेवामा काम गरेर दैनिकी गुजारा गर्दै आएका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरिरमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । नेपालीको उपचारको क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको छ ।

राइडिङ सेवामा काम गर्दै आएका नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरीय प्रहरीले ‘ह्वील लक’ गरेर काम गर्न नपाएपछि उनले आत्मदाहको बाटो रोजेको सार्वजनिक भएको छ ।

‘रोइरहेका छन् सुकुम्बासी’

सरकारले चैतको तेस्रो सातामा डोजर लगाएर घर भत्काएर होल्डिङ काठमाडौं उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा राखेका सबैजसो सुकुम्बासीको अवस्था अन्यौलपूर्ण बनेको छ । 

स्क्रिनिङ गरेर वास्तविक सुकुम्बासीलाई जग्गा तथा आवासको व्यवस्था गराउने भनेर डोजर लगाएको सरकारले वर्षायाम सुरु भएपछि होल्ङि सेन्टर खाली गर्न भनेको छ । 

केही सुकुम्बासी परिवारले केही दिनदेखि खाना समेत नपाइरहेको भन्दै पीडा सुनाएका छन् । सुत्केरी, दीर्घ रोगी र वृद्धावृद्धाहरूको अवस्था नाजुक बन्दै गएको छ भने विद्यालय पढ्ने बालबालिकाको पढाइ नै अनिश्चित बनेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सुकुम्बासीको मानवअधिकार जोखिममा पार्ने काम नगर्न सरकारलाई आग्रह गरेको छ ।

तर, सरकार भने सुकुम्बासीको कुरा सुन्न र समस्याको समाधान गर्न तयार छैन ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : १८ बजे

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह

गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका