प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ? « Khabarhub

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य भएको टिप्पणी गरेकि छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख सचेतक थापाले गणेश नेपालीको निधन प्रतिश्रद्धाञ्जली अर्पण गर्दै राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउन बाध्य भएको र राज्य मुकदर्शक बनेको टिप्पणी गरेकी हुन्  ।

२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो ? भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन्।

उनले अहिलेको घटनामा प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाइन् । सांसद थापाले गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाउँदा समयमा एम्बुलेन्स पठाउनुको साटो प्रहरी प्रशासन लगाएर अपराधी झैँ घिसारेर लगेको उल्लेख गरिन्  । 

थापाले सरकार जनताको जीवन बचाउने भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चेर लाइक बनाउने धाउन्नमा केन्द्रित रहेको आरोप लगाइन् । 

उनले आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउनु दुखद भएको बताइन्  । 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ४४ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट