पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी « Khabarhub

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’ सम्पन्न गरेको छ । पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले आज विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो ।

कार्यशालामा राष्ट्रिय पाठ्यक्रम प्रारूप (एनसी) पुनरावलोकन कार्यदलका सदस्य, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा समीक्षा कार्यालय, पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने शिक्षकसहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

कार्यशालाको उद्घाटन गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि पाठ्यक्रम कार्यान्वयनका अनुभव, चुनौती र सफल अभ्यासहरूको आदानप्रदान आवश्यक रहेको बताए ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विद्यालय शिक्षाको नीतिगत दिशा र पाठ्यक्रम सुधारका प्राथमिकताबारे धारणा प्रस्तुत गरे । 
कार्यशालामा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी ‘युवाको आवाज’, ‘बुक–फ्री फ्राइडे’, ‘नेपाली शिक्षा प्रणाली’, ‘ए–लेभल’, ‘आईबी कन्टिनुअम’ तथा ‘सीबीएसई विद्यालय’ सम्बन्धी अभ्यास, चुनौती, नीतिगत आवश्यकता तथा सुधारका सुझावमाथि छलफल गराइएको थियो ।

दिवा सत्रको प्यानल छलफलमा डा लवदेव अवस्थी, डा हरि लम्साल, डा विश्वबाला थापा तथा डा लेखनाथ पौडेलले पाठ्यक्रम कार्यान्वयनका अनुभव, नीतिगत सुधार र विद्यालय शिक्षाको रूपान्तरणका सम्भावनाबारे विचार राखेका थिए ।

कार्यक्रमको समापन सत्रमा डा मीनाक्षी दाहाल र प्राडा बालचन्द्र लुइँटेलले कार्यशालाबाट प्राप्त मुख्य निष्कर्ष, सुझाव तथा आगामी कार्यदिशाबारे प्रकाश पार्दै यस्ता अनुभव आदानप्रदान कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रमाणमा आधारित नीति निर्माण तथा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  २ : ३३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको