काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह नेतृत्वको सरकारको विरोधमा देखिएका छन् । स्मरण रहोस्– कलाकारहरूबाट सबैभन्दा बढी समर्थनमा पाएको सरकार यही हो ।
‘गरिबको छोरो’ गुजारा टार्न घरबाट निस्किँदा बाटैमा जल्नुपर्ने अवस्था आएपछि भने कलाकारहरू बालेन्द्र सकारको विपक्षीमा नबोली बस्न सकेनन् ।
आर्थिक समस्यामा रहेका गणेश सडक अनुसाशनका लागि तिराइने जरिवानाको भारले आत्मदाह गर्ने निर्णयमा पुगेको परिवार पक्षको दाबी छ ।
सडककमा आत्मदाह गरेका गणेशको निधन भइसकेको छ । त्यसपछि नायिका रेखा थापाले लेखेकी छन्, ‘जुन सरकार आए पनि सबैभन्दा पहिला गरिबलाई नै मार्ने भयो ।’
नायिका पूजा शर्माले गणेशको आत्मदाहलाई राज्यले गरेको हत्या भनेकी छन् । उनको भनाइ छ, ‘गणेश नेपाली कुनै समाचारको शीर्षक मात्र होइनन् । उनी एक मानव थिए, एक मेहनती श्रमिक थिए, सपना बोकेका नागरिक थिए, निर्दयी र संवेदनाहीन प्रशासनिक व्यवस्थाको बोझले थिचिएका । यो कुनै सामान्य दुर्घटना थिएन । यो राज्यको गम्भीर लापरवाहीको परिणाम हो । यो हत्या हो ।’
नायिका केकी अधिकारीले राज्य जहिल्यै नागरिकको समस्या समधानमा केन्द्रित नरहेको आशय राखिन् । उनले सांकेतिक रुपमा राज्यलाई घोचेकी छन्, ‘जलेको मनलाई धेरै समय सम्हाले, हिजो त तन न जलेको हो सरकार ! गणेश ।’
यो घटना कलाकार दीपकराज गिरीको बुझाइमा बलियो जनमतमा बनेको सरकार कमजोर बनाउन काफी विषय हो । उनले भनेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’












प्रतिक्रिया