गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ « Khabarhub

गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनालाई राज्यको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न र राष्ट्रिय लज्जाको विषय बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएका एक युवाको दुःखद अन्त्यले मन अत्यन्तै स्तब्ध र भावविह्वल बनाएको उल्लेख गरेका छन् ।

अध्यक्ष घिसिङले राजधानीमा राइड सेयरिङ गरेर आफ्नो र परिवारको जीविकोपार्जनका लागि संघर्षरत युवा राज्यका नीति, प्रशासनिक व्यवहार र परिस्थितिका कारण निराश भई आत्मदाहको बाटो रोज्न बाध्य हुनु दुःखद भएको बताएका छन्। उनले नेपालीको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु मात्र नभई राज्यप्रति नागरिकको घट्दो भरोसाको प्रतिविम्ब भएको टिप्पणी गरे । इमानदारीपूर्वक श्रम गरेर सम्मानका साथ बाँच्न खोज्ने युवाले ज्यान गुमाउनुपर्ने अवस्था आउनुले विद्यमान प्रणालीमाथि नै ठुलो प्रश्न खडा गरेको उनको भनाइ छ ।

पछिल्ला दिनहरूमा राज्यका नीति र व्यवहारले गरिब, श्रमिक र सुकुम्बासीलाई झन् बढी हतोत्साहित र विस्थापित गरिरहेको अनुभूति भइरहेको भन्दै घिसिङले गरिब वा दुर्गममा जन्मिनु र श्रम गरेर बाँच्न खोज्नु कुनै अपराध नभएको प्रस्ट पारेका छन् । नागरिकलाई निराशा नभई सम्मानका साथ बाँच्ने अवसर र आशा जगाउनु राज्यको पहिलो दायित्व हुनुपर्नेमा उनले जोड दिएका छन् ।

अबका दिनमा यस्ता पीडादायी घटना दोहोरिन नदिनका लागि राज्यले संवेदनशील, न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्नुपर्ने घिसिङको माग छ। हरेक नागरिकले आफ्नो श्रम, सम्मान र अधिकारसहित सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नु नै साँचो लोकतन्त्रको पहिचान हुने उल्लेख गर्दै उनले स्वर्गीय गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : ०३ बजे

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बैंकिङ कसुर मुद्दाका

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा