आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री « Khabarhub

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध गर्ने विपक्षी सांसदमाथि नै खनिएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विपक्षी सांसदहरूलाई सरकार कसरी सञ्चालन हुन्छ भनेर आफूले सिकाउने बताए ।

घोक्रो सुक्नेगरी भाषण गर्ने कति जना माननीयहरु हिजो अस्पताल जानुभयो ? भनेर प्रश्न गरेका उनले आत्मदाहको घटनामा नगर प्रहरीको संलग्नता रहेको बताए ।

‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो, अनि एउटा स्थानीय सरकार भयो’, उनले भने, ‘जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? ह्वील लक लगाएको छ ? नगर प्रहरीले लगाएको छ ।’

उनले विपक्षी राजनीतिक दललाई भने दुई तहको सरकार उनीहरूसँग नै भएको भन्दै अहिलेको नियम कानुन आफूहरूले बनाएको हो भनेर प्रश्न गरे । साथै, उनले विपक्षीहरूले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरेको पनि बताए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : ०२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको