काठमाडौँ । सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उनको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भयो ।
मृतकका परिवार/आफन्तले नेपालीको न्यायका लागि दिनभर प्रदर्शन गरे । अहिले मृतकका परिवार र सरकारी प्रतिनिधिबीच वीर अस्पतालमै वार्ता भइरहेको छ ।
गृहमन्त्री सुदन गुरुङका सचिवालय सदस्य अनिल बानियाँ, प्रधानमन्त्रीको सचिवालय सदस्य, गृह मन्त्रालयका केही कर्मचारी, र प्रधानमन्त्री कार्यालयका सचिव, मृतकको तर्फबाट दाजु र परिवारका सदस्यहरू सहभागी छन् ।
अनिल बानिँया मुगुका नागरिक भएकाले उनलाई अगुवाको रुपमा सारिएको छ ।












प्रतिक्रिया