काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया पश्चात निको भएर काममा फर्किएकी छन् ।
बिमारपछि दीपाश्री फिल्म ‘पाँच पाण्डव’को डबिङमा सहभागी हुँदै कलाकारितामा फर्किएकी हुन् । उनले शुक्रबारबाट डबिङको काम थालेकी छन् ।
निर्देशक वसन्त निरौलाका अनुसार उनी पूर्णरुपमा स्वस्थ्य भएपछि काममा फर्किएकी हुन् ।
दीपाले डबिङ स्टुडियोको ढोका ढोगेर भित्र छिरेकी थिइन् ।
उनी दुई महिना लामो उपचार र आरामपछि काममा फर्किएकी हुन् । असार अन्तिमा साता उनको शल्यक्रिया भएको थियो ।















प्रतिक्रिया