त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज « Khabarhub

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेपछि १० दिनमा उद्धार गरिका सञ्जय साह वीरेन्द्र सैनिक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन्।

विनाशकारी बाढीपछि सुरुङमा फसेको १०औं दिनमा उनी र कवीर महर्जनलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमामा राखिएको थियो । 

उपचारपछि उनी शुक्रबार डिस्चार्ज भएको सैनिक प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले बताएका छन् । अस्पतालमा भर्ना भएको ७ दिनपछि निको भएर उनी सप्तरीस्थत घर गएका हुन् । 

उक्त आयोजनाका मेकानिकल फोरम्यान उनी र सुपरभाइजर कवीरलाई सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अन्य उद्धारकर्मीले सकुशल उद्धार गरेका थिए। 

उक्त सुरुङबाट उनीसँगै कवीर महर्जनलाई पनि उद्धार गरिएको थियो । साह कोइलाडी गाउँपालिका-८, सप्तरी निवासी हुन् । उता महर्जन ललितपुरको बालकुमारी निवासी हुन् । 

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ४ : ४७ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले