‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’ « Khabarhub

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र टोखाको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

पूर्वजनप्रतिनिधि फोरमले आज आयोजना गरेको ‘चाडपर्वको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले टोखाको विकासमा एकतावद्ध भएर अगाडि बढ्ने बताए ।

अर्थविद् डा चन्द्रमणि अधिकारीले स्थानीय तहलाई संविधानले निकै बढी अधिकार र आर्थिक जिम्मेवारी दिएकाले स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

उनले स्थानीय जनताका समस्या सुन्ने नजिकको सरकार स्थानीय सरकार भएकाले यसलाई सही ढङ्गले सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।  

नेपाली कांग्रेसकी नेत्री एवं बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले नागरिकको सुखदुःखमा प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने, स्थानीय विकास निर्माणमा नेतृत्व लिने र सुशासन कायम गर्ने दिशामा पूर्वजनप्रतिनिधि फोरमले पुर्याएको योगदान प्रशंसनीय रहेको बताइन् ।

टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले पूर्वजनप्रतिनिधि फोरमले आफ्नो कार्यकालमा गरेका गौरवपूर्ण इतिहासलाई साक्षी राख्दै बदलिँदो परिस्थितिमा जनतालाई राष्ट्रप्रति बफादार बनाउन फोरमले योगदान गर्दै आएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिकाका सभापति सूर्यप्रसाद काफ्लेले टोखाको पहिचानलाई थप स्थापित गर्न, स्थानीय इतिहास र संस्कृतिप्रति नयाँ पुस्तामा चासो बढाउन पूर्व जनप्रतिनिधी फोरमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेकपा (एमाले) टोखा नगरपालिकाका अध्यक्ष गोपिकृष्ण पाठक, नेपाली कम्युष्टि पार्टी (नेकपा) का नगर संयोजक नविन डङ्गोललगायतले आफ्नो कार्यकालमा गरेका भोगेका अनुभव तथा गौरवपूर्ण इतिहासलाई साक्षी राख्दै नगरवासीलाई राष्ट्रप्रति वफादार एवं राष्ट्रियताको भावना अभिवृद्धि गर्ने क्रममा फोरमको योगदान रहने विश्वास व्यक्त गरे ।

फोरमका संस्थापक अध्यक्ष दीपकराज जोशीले टोखाभित्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, शैक्षिक क्षेत्रको विकासमा फोरमले काम गर्दै आइरहेको बताए । 

फोरमका अध्यक्ष उत्तम अधिकारीले स्थानीय तहको विकास, समृद्ध र सामाजिक रूपान्तरणमा फोरमले काम गर्दै आएको बताए । टोखाको विकासमा सबै एकतावद्ध हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा फोरमद्धारा टोखा नगरभित्रका विविध पक्षलाई समेटेर प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ५ : ५९ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल