सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक
राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको नयाँ वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।
प्रदेश सभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले परिमार्जित बजेट वक्तव्य पेस गरेका हुन् ।
बजेट सार्वजनिक भएसँगै प्रदेशमा लामो समयदेखि रोकिइरहेका आर्थिक तथा विकास निर्माणसम्बन्धी कामकारबाही पुनः अघि बढ्ने बाटो खुलेको छ ।

यसअघि गत असार १ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोही आकारको बजेट पेस गरेको भए पनि सत्ता गठबन्धन फेरिएपछि उक्त बजेट पारित हुन नसकी निष्क्रिय बनेको थियो ।
लामो अन्योलपछि सुदूरपश्चिम सरकारद्वारा चालु आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत
टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?
दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो
सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा
बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति
बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाढीले जलविद्युत आयोजनाका मुख्य क्याम्प क्षेत्र, बेलिब्रिज, पहुँच सडक तथा निर्माण उपकरण र सामाग्रीहरू बगाएको र क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इप्पान)ले जनाएको हो ।

टाइम्स इनर्जी प्रालि प्रवर्धक रहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बाढीले बगाएको छ ।
त्यसैगरी, दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २४.५ मेगावाटको दोभान खोला जलविद्युत आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुग्नुका साथै बेलिब्रिज बाढीले बगाएको इप्पानले जनाएको छ ।
क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण
बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज
कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह
बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो














प्रतिक्रिया