बंगलादेशमा नागरिक तथा राजनीतिक अधिकारमाथि दमन जारी : ह्युमन राइट्स वाच « Khabarhub

बंगलादेशमा नागरिक तथा राजनीतिक अधिकारमाथि दमन जारी : ह्युमन राइट्स वाच


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ह्युमन राइट्स वाचले बंगलादेशमा नागरिक तथा राजनीतिक अधिकारमाथिको दमन जारी रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । गत सेप्टेम्बर २६ का दिन ढाकामा एउटा वामपन्थी दलको जमघटमा सहभागीहरूलाई ठूलो संख्यामा गरिएको पक्राउतर्फ इङ्गित गर्दै वाचले यस्तो चिन्ता व्यक्त गरेको हो ।

सत्तारुढ दल बंगलादेश नेसनल पार्टीको युवा संगठनले जमघटमा प्रतिबन्धित अवामी लिगकी नेतृ एवम् पूर्वप्रधानमन्त्री शेख हसिनाको गोप्य संलग्नता रहेको दाबी गरेपछि प्रहरीले जातीय समाजतान्त्रिक दलका करिब २९० जना समर्थकहरूलाई हिरासतमा लिएको थियो । पक्राउ परेकामध्ये २७ जनालाई अदालतले हिरासतमा पठाएको छ । उनीहरूमाथि अवामी लिगसँग जोडिएको ‘जय बंगला’ नारा लगाएको आरोप लगाइएको छ ।

जातीय समाजतान्त्रिक दल २००९ देखि २०२४ सम्म बंगलादेशमा शासन गर्ने अवामी लिगको नेतृत्वमा रहेको १४ दलीय गठबन्धनको एक हिस्सा थियो । फेब्रुअरीमा निर्वाचित भएयता बंगलादेश नेसनलिस्ट पार्टीको सरकारले विपक्षीहरूलाई मनपरी रूपमा पक्राउ गर्दै आएको र हाल अवामी लिगका सयौं सदस्यहरू बिना अभियोग जेलमा रहेको आरोप छ ।

प्रहरीले अवामी लिगका समर्थकहरूको जमघट भएको भन्दै पटक-पटक छापा मार्ने गरेको छ । जातीय समाजतान्त्रिक दलको बैठक भएको त्यही दिन अर्थात् सेप्टेम्बर २६ का दिन बरिसाल प्रहरीले ‘षड्यन्त्रको योजना बनाउन’ गोप्य बैठक गरेको आरोपमा अवामी लिगका १२ कार्यकर्तालाई हिरासतमा लिएको थियो भने दुई दिनपछि ढाकामा आतंकवादविरोधी ऐनअन्तर्गत यस्तै आरोपमा अन्य १५ जनालाई पक्राउ गरिएको थियो । यी दुवै घटनामा पक्राउ परेकाहरूले आफूहरू शेख हसिनाको जन्मदिन मनाउन भेला भएको बताएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ६ : २३ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य