प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना « Khabarhub

प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका छन् ।

‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको थियो र यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गर्नुभएको थियो’, जारी शुभकामना सन्देशमा भनिएको छ, ’बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको विश्वास छ ।’

सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने र दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ९ : ३१ बजे

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत

प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास,

किन मनाइन्छ महागुरु फाल्गुनन्द जयन्ती ?

काठमाडौँ- किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती

तिहारमा मातृभूमिले पाएको मोह, नयाँ पुस्ताको भरोसा 

वर्षौंदेखि काठमाडौँमा भागदौड जिन्दगी बिताइरहेको म पटक पटक घर जाने

हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट