फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह « Khabarhub

फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता र सामाजिक सुधारको मार्ग अनुसरण गर्न सबैलाई आग्रह गरेका छन्।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गरेका हुन् ।

थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधारमा महागुरु फाल्गुनन्दले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शले सभ्य, न्यायपूर्ण तथा सद्‌भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामनासमेत उनले गरेका छन्  ।

विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन महागुरु फाल्गुनन्दका आदर्शलाई आत्मसात् गर्नुपर्नेमा सभापति थापाले जोड दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १२ : ०० बजे

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा

फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले

वनमौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया– बर्दियामा वनमौरीले टोकेर एक जनाको मृत्यु भएको छ ।

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि