धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने « Khabarhub

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनुषा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो । 

सूचनाअनुसार निर्वाचन प्रहरी पदमा आवेदन दिन इच्छुक व्यक्ति १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७७६ प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार योसँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी भइरहेको उल्लेख छ । 

धनुषामा हाल चार लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । चार निर्वाचन क्षेत्रमा ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्र निर्माण भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रशासनका अधिकारीहरूले मतदाता र निर्वाचनमा संलग्न सबै पक्षलाई संयमित र नियमबद्ध रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् । रासस

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : २१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट