भारतले सेचेल्सलाई १७ करोड ५० लाख डलर सहायता दिने « Khabarhub

भारतले सेचेल्सलाई १७ करोड ५० लाख डलर सहायता दिने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले हिन्द महासागरमा अवस्थित मुलुक सेचेल्सका लागि १७ करोड ५० लाख अमेरिकी डलर बराबरको विकास सहायता प्रदान गर्ने भएको छ ।

सेचेल्सका राष्ट्रपति प्याट्रिक हेर्मिनीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहायताको घोषणा गरेका हुन् ।

यो सहायता सेचेल्सको समुद्री क्षेत्रमा लक्षित हुने र यसबाट दुई देशबीचको विकास साझदारी थप मजबुत हुने अपेक्षा गरिएको छ । दुई नेताबीचको भेटवार्ताका क्रममा विभिन्न सात सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

दुई देशले डिजिटल प्रविधिको विकास, निर्यात, डेटा साझेदारी र समुद्री क्षेत्रको वैज्ञानिक अनुसन्धानमा जोड दिएका छन् ।

यसबाहेक दुई देशका नेताबीच दिगो साझेदारी, व्यापार, अर्थतन्त्र र सुरक्षाबारे पनि छलफल भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

छ दिने भ्रमणका लागि सेचेल्सका राष्ट्रपति भारतमा छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : १५ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब